१ जेठ काठमाडौ।चिनियाँ बजारमा सर्वाधिक धेरै ईभी बेच्ने रेकर्ड बनाएको ‘लेटीन’ ब्राण्डले बैंकरप्सी फाइल गरेको छ । सन् २०१६ देखि २०१८ सम्म निरन्तर विश्वकै सर्वाधिक धेरै ईभी उत्पादन र बिक्री गर्ने ब्राण्ड बनेको लेटीनले बैंक रप्सी फाइल गरेको हो ।एलएसईभी उत्पादनमा महारथ हासिल गरेको लेटीनले सन् २०१६ मा १ लाख ५० हजार यूनिट, २०१७ मा २ लाख १० हजार यूनिट र २०१८ मा २ लाख ८७ हजार यूनिट ईभी बिक्री गरेको थियो ।
अमेरिकी ईभी जाइन्ट टेस्लाले सन् २०१६ मा विश्वभर ७६ हजार यूनिट कार बिक्री गरेको थियो । तर, लेटीनले त्यसको झण्डै दोब्बर १ लाख ५० हजार यूनिट बिक्री गर्न सफल भएको थियो ।लेटीनले तीन वर्षमा ६ लाख ४७ हजार यूनिट ईभी बिक्री गर्दै आफुलाई बलियो कम्पनीको रुपमा स्थापित गरेको थियो ।अहिले निकै पावरफुल ईभीमा कम्पनीहरु गइसकेको र ग्राहकको रोजाईमा पनि लो स्पीड भेहिकल पर्न छाडेसँगै लेटीन समस्यामा परेको थियो ।
सन् २०१८ मा सरकारले लो स्पीड भेहिकलको सुरक्षा मापदण्डमा कडाई गरेसँगै यो कम्पनी समस्या परेको हो । त्यसपछि पेट्रोलियम पदार्थबाट चल्ने कार र ठूला ईभी बनाउन भन्दै कम्पनीले १.४५ विलियन युवान खर्च गरेर यामा मोटर्स एक्वायर गरेको थियो ।

