२ जेठ काठमाडौ।मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो ।चाँदीको मूल्य भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदीको व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँ पुगेको छ ।सोमबार पनि सुनको मूल्य महंगिएको थियो । हिजो सुन तोलामा २०० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।