४ जेठ काठमाडौँ। बिहीबार सुनको मूल्य लगातार घटेको छ । सुन तोलामा ३०० रुपैयाँले सस्तिएको हो । चाँदीको मूल्य भने स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ७०० रुपैयाँ झरेको छ ।
तेजाबी सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि सुन तोलामा एक हजार १०० रुपैयाँले घट्दा प्रतितोला एक लाख १० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।बिहीबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँ कायम रहेको छ ।