Logo

बिहिवार, श्रावण १४ गते २०८३

शुक्रबार पनि सुनको मूल्य घट्याे ताेलाकाे कति ?

शुक्रबार पनि सुनको मूल्य घट्याे ताेलाकाे कति ?

जोईन खबर

५, जेठ २०८०
  • 637
    SHARES
  • शुक्रबार पनि  सुनको मूल्य  घट्याे  ताेलाकाे कति  ?

    ५ जेठ काठमाडौं । सुनको मूल्य शुक्रबार पनि तोलामा ५०० रुपैयाँले घटेको हो । चाँदीको भाउ पनि निरन्तर दुई दिनदेखि स्थिर रहेको छ । छापावाल सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा झरेको छ । तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुन तोलामा ३०० रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक लाख ९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । साताभरमा पनि सुन ताेलामा एक हजार ६०० रूपैयाँले घटेकाे छ।

    images

    मंगलबार सुन प्रतिताेला एक लाख ११ हजार १०० रूपैयाँ पुगेकाे थियाे । शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँ कायम रहेको छ । निरन्तर दुई दिन यता चाँदी यहिँ मूल्यमा कारोबार भइरहेको छ । 

    प्रकाशित मिति :जेठ ५, २०८० शुक्रवार - १२:४१:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको