Logo

मंगलवार, श्रावण १२ गते २०८३

१.६१ प्रतिशतले बढ्यो नेप्से, १७८ कम्पनीको सेयर मूल्य वृद्धि , कुनकाे कति ? (सूचिसहित)

१.६१ प्रतिशतले बढ्यो नेप्से, १७८ कम्पनीको सेयर मूल्य वृद्धि , कुनकाे कति ? (सूचिसहित)

जोईन खबर

१६, चैत्र २०७८
  • 826
    SHARES
  • १.६१ प्रतिशतले बढ्यो नेप्से, १७८ कम्पनीको सेयर मूल्य वृद्धि , कुनकाे कति ? (सूचिसहित)

    काठमाडौं । लगातार चार दिनसम्म घटेको सेयर बजार परिसूचक नेप्सेमा पाँचौँ दिन हरियो भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १.६१ प्रतिशतले वृद्धि भएको छ ।

    images

    गएको बिहीबारदेखि हिजो (मंगलबार)सम्म लगातार घटेको नेप्से आज ४०.६८ अंकले बढेर २५६८.२५ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि भएको छ । बजारमा सबैभनदा धेरै पुँजीकरण भएको नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य नै ५.०४ प्रतिशतले वृद्धि हुँदा नेप्सेमा सुधार भएको हो ।

    नेप्सेसँगै कारोबार रकम पनि केही सुधारोन्मुख देखिएको छ । मंगलबार दुई अर्बबाट तल झरेको बजारमा आज दुई अर्ब २५ करोडको कारोबार भएको छ ।

    आज बजारमा सिद्धार्थ इन्स्योरेन्सको सर्वाधिक ११ करोडको कारोबार हुँदा प्रभु इन्स्योरेन्सको संस्थापक सेयर १० करोड ९२ लाख र नबिल बैंकको १० करोडको कारोबार भएको छ ।

    आज बजारमा १९५ कम्पनीको सेयर कारोबार हुँदा १७८ कम्पनीको सेयर मूल्य बढेको छ । १३ कम्पनीको सेयर मूल्य गिरावट हुँदा चार कम्पनीको भने स्थिर रह्यो ।

    कारोबार भएका मध्ये इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्धि लघुवित्तको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ ।

    यस्तै, सामलिङ पावर कम्पनीको सेयर मूल्य ९.८४ प्रतिशतले वृद्धि हुँदा युनाइटेड इदी मार्दी एण्ड आरबी कम्पनीको सेयर मूल्य ६.४९ प्रतिशतले बढेको छ ।

    युनिलिभर नेपालको सेयर मूल्य १.९५ प्रतिशतले गिरावट हुँदा सिटिजन्स बैंकको भने १.७९ प्रतिशतले घटेको छ ।

    प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - १५:३८:५८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको