७ जेठ काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेएकाे छ । जेठ ७ गते, सुन तोलामा ८०० रुपैयाँले महंगिएको हो । चाँदी पनि यस दिन प्रतितोला १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार भने सुनको भाउमा गिरावट देखिएको थियो । त्यस दिन सुन तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा झरेको थियो । साताको पहिलो दिन सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ । आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३८५ रुपैयाँ पुगेको छ ।