Logo

बिहिवार, श्रावण १४ गते २०८३

रावा इनर्जि जेठ १८ देखि आईपीओ निष्काशन गर्दै , कहीले सम्मा दिन मिल्ने

रावा इनर्जि जेठ १८ देखि आईपीओ निष्काशन गर्दै , कहीले सम्मा दिन मिल्ने

जोईन खबर

८, जेठ २०८०
  • 676
    SHARES
  • रावा इनर्जि जेठ १८ देखि  आईपीओ निष्काशन गर्दै , कहीले सम्मा दिन मिल्ने

    ८ जेठ काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले जेठ १८ देखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो।

    images

    निष्काशन गरिने कुल शेयरमध्ये १५ हजार ४७ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ३७ हजार ६१६ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ।  ६ लाख ४३ हजार ६६७ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।कम्पनीले निर्माण गरी सञ्चालन गरेको ३ मेगावाटको माथिल्लो रावा खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ६४ करोड ६५ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ५५ लाख रुपैयाँ रहेको छ।  

    आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा जेठ २२ गते हुनेछ भने ढिलोमा जेठ ३२ गते हुनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

     
     

    प्रकाशित मिति :जेठ ८, २०८० सोमवार - ११:३४:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको