९ जेठ काठमाडौं ।एभरेष्ट बैंकबाट कर्मचारीको मिलेमतोमा ग्राहकको खाताबाट चोरी भएको भनिएको रकम ग्राहकको खातामा जम्मा गरेको जानकारी दिएको छ । बैंकले आइतबार एक विज्ञप्ति जारी गर्दै कर्मचारीले हिनामिना गरेको भनिएको रकम चैत २२ गते नै सम्बन्धित ग्राहकको खातामा जम्मा गरिसकेको बताएको छ ।
आफ्ना ग्राहकको खाता र व्यक्तिगत गोपनीयतालाई उच्च प्राथमिकता र गम्भीरताका साथ लिएको बैंकले जनाएको छ । विज्ञप्तिमा लेखिएको छ । हामी हाम्रा समस्त ग्राहक महानुभावहरूको सम्पूर्ण निक्षेप रकम बैंकमा सुरक्षित रहेको जानकारी गराउँदछौं । साथै सामाजिक सञ्जालमा प्रकाशित यी र यस्ता भ्रामक समाचारका पछि नलाग्न सम्पूर्ण ग्राहक महानुभावहरू तथा सरोकारवालाहरू समक्ष हार्दिक अपिल गर्दछौं ।"
जिल्ला प्रहरी कार्यालय सुनसरीले ग्राहकको खाताबाट अनधिकृत रूपमा रकम रकमान्तर गरेको आरोपमा निरज प्रधानलाई चैत २२ गते पक्राउ गरेको थियो ।प्रहरीले बैंकका थप छ कर्मचारी र बाह्य दुई जनालाई शुक्रबार पक्राउ गरेको जानकारी दिएको छ । उनीहरूले ३३ जना ग्राहकको अकाउन्टबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको प्रहरीले प्रहरीले जनाएको छ ।