१० जेठ काठमाडौं । नेपालमा बुधबार सुनको मूल्य वृद्धि भई सुन तोलामा ६०० रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार भने सुन तोलामा ८०० रुपैयाँले सस्तिएको थियो । हिजो सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा झरेको थियो ।बुधबार चाँदीको भाउ भने घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ३६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।