Logo

मंगलवार, श्रावण १२ गते २०८३

भोजपुरको टेम्केमैयुङका १० विद्यालयलाई शैक्षिक सामग्री वितरण

भोजपुरको टेम्केमैयुङका १० विद्यालयलाई शैक्षिक सामग्री वितरण

जोईन खबर

१७, चैत्र २०७८
  • 1.2K
    SHARES
  • भोजपुरको टेम्केमैयुङका १० विद्यालयलाई शैक्षिक सामग्री वितरण

    भोजपुर । टेम्केमैयुङ गाउँपालिकाका १० विद्यालयलाई शैक्षिक सामग्रीसँगै कपडा वितरण गरिएको छ । शसस्त्र प्रहरीका पूर्वप्रहरी महानिरीक्षक दुर्जकुमार राईको पहलमा विद्यालयलाई शैक्षिक सामग्री दिइएको हो । यहाँका वडा नम्बर ३ अन्नपूर्ण र ४ नागीका विद्यार्थीलाई शैक्षिक सामग्री दिइएको हो ।

    images

    कक्षा १ मा पढ्ने विद्यार्थीलाई भने कपडा वितरण गरिएको छ भने सामुदायिक विद्यालयका बाल कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

    त्यस्तै कक्षा १ का ७० विद्यार्थीलाई कोटसँगै, कपी, कलमलगायत शैक्षिक सामग्री दिइएको छ । त्यस्तै अन्नपूर्ण बागधन रणदीपा राई माध्यमिक विद्यालयमा छ थान कम्प्युटर वितरण गरिएको छ । यस विद्यालयका भूपू विद्यार्थी तथा पूर्वप्रहरी महानिरीक्षक राईको पहलमा रोटरी क्लब अफ काठमाडौँ वेस्ट तथा कृष्णलक्ष्मी लक्ष्मी श्रेष्ठ प्रतिष्ठान काठमाडौँको सहयोगमा सामग्री वितरण गरिएको रोटरी क्लब काठमाडौं वेस्टका अध्यक्ष शारदाभक्त रञ्जीतले बताए ।

    आफू जन्मेको ठाउँमा केही गरौँ भन्ने उद्देश्यले यहाँका विद्यार्थीलाई शैक्षिक सामग्रीसँगै कक्षा १ मा पढ्ने बालबालिकालाई कपडा वितरण गरेको राईले बताए । उनले भने, ‘यो विद्यालय नभएको भए म यति बेला पनि भैँसी गोठालो हुन्थे होला, यही विद्यालयमा अध्ययन गरेर म यो ठाउँमा पुगेको छु, यहाँका विद्यालयको शैक्षिक सुधारमा मैले सकेको सहयोग गरिरहेको छु, आगामी दिनमा पनि यस्तो सहयोग रहन्छ ।’

    शैक्षिक विकासका लागि गाउँपालिकाले नीति तथा कार्यक्रम तयार गरेर काम गरिरहेको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताए । अध्यक्ष राईले भने, ‘हामीले यहाँको शैक्षिक विकासका लागि प्राथमिकताका साथ काम गरिरहेका छौँ, यहाँबाट उत्पादन भएका विद्यार्थीले देशका अन्य विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नसक्ने वातावरण दिने लक्ष्यका साथ काम भइरहेको छ, जसको लागि कम्प्युटर कक्षा, पुस्तकालय स्थापना, भौतिक विकासलगायतमा तीव्रताका साथ काम गरिरहेका छौँ ।’

    प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - ११:२२:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको