Logo

मंगलवार, श्रावण १२ गते २०८३

हुम्लाको ताँजाकोट गाउँपालिका–३ को दुर्गम मासपुर गाउँका बासिन्दाले पहिलो पटक स्वास्थ्य सुविधा पाए

हुम्लाको ताँजाकोट गाउँपालिका–३ को दुर्गम मासपुर गाउँका बासिन्दाले पहिलो पटक स्वास्थ्य सुविधा पाए

जोईन खबर

१२, जेठ २०८०
  • 898
    SHARES
  • हुम्लाको  ताँजाकोट गाउँपालिका–३ को दुर्गम मासपुर गाउँका बासिन्दाले पहिलो पटक स्वास्थ्य सुविधा पाए

    १२ जेठ काठमाडौं । ताँजाकोट गाउँपालिका–३ को दुर्गम मासपुर गाउँका बासिन्दाले पहिलो पटक स्वास्थ्य तथा अन्य सेवासुविधा पाएका छन् । सरकारी निकायको उपस्थिति हुँदै नहुने उक्त बस्तीमा गाउँपालिकाको टोली पुुगेपछि स्थानीयवासीले सेवासुविधा पाएका हुन् ।

    images

     सरकारी सेवा तथा सुविधा नपाएको भए पनि यस पटक गाउँपालिकाबाट खटिएको टोलीले घरमै पुुगेर विभिन्न सेवा प्रदान गरेको हो । यस वर्ष पहिलो पटक घरदैलो स्वास्थ्य सेवा र तरकारी किट स्थानीयवासीले पाएका छन् । गाउँपालिका केन्द्रबाट एक दिन पैदल हिँडेर स्वास्थ्यकर्मीको टोलीले मासपुुर पुुगेर स्वास्थ्य सेवा प्रदान गरेको प्रमुख ढकालले बताए । 

    गाउँमा एक सय ५६ जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण निःशुल्क रूपमा गरिएको हो । गाउँगाउँमा पुगेर सेवा प्रदान गर्ने नीति गाउँपालिकाले लिएको छ । गाउँपालिकामा बर्सेनि औलोका बिरामी देखिँदै आएका छन् । मासपुरवासीको घरदैलो स्वास्थ्य परीक्षण अभियानका क्रममा औलो रोगको नमुना सङ्कलन गरिएको हो । 

    मासपुरका २० घरधुरीलाई तरकारी किट पनि वितरण गरिएको छ । दुुई दिनसम्म सञ्चालन भएको अभियानमा स्वास्थ्यकर्मीले छाउपडी, छुवाछूत, बालविवाह, बहुुविवाह, बोक्सी प्रथाविरुद्ध पनि जनचेतना फैलाइएको थियो । मासपुुरमा सरकारी तवरबाट एउटा स्वास्थ्य संस्था र विद्यालयमात्र स्थापना भएका छन् । 

    प्रकाशित मिति :जेठ १२, २०८० शुक्रवार - १७:२१:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको