Logo

बुधवार, श्रावण १३ गते २०८३

मन्त्री मोहनबहादुर बस्नेतले निःशुल्क बेड नदिने अस्पताल बन्द गराउछौं

मन्त्री मोहनबहादुर बस्नेतले निःशुल्क बेड नदिने अस्पताल बन्द गराउछौं

जोईन खबर

१८, आषाढ २०८०
  • 1.4K
    SHARES
  • मन्त्री   मोहनबहादुर बस्नेतले निःशुल्क बेड नदिने अस्पताल बन्द गराउछौं

     १८ असार काठमाडौ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गरिब, असहाय र विपन्न बिरामीलाई नियम अनुसार निःशुल्क शय्या बेड नदिने अस्पताल बन्द गर्ने बताएका छन्।सोमबार स्वास्थ्य मन्त्रालयमा  पत्रकार सम्मेलनमा उनले विपन्न वर्गका लागि १० प्रतिशत  निःशुल्क नदिने अस्पताल नवीकरण नगर्ने वा सेवा बन्द गर्ने चेतावनी दिएका हुन् । गरिब, निमुखा, असहाय र विपन्नलाई अस्पतालले शय्या निःशुल्क उपलब्ध गराउन सुरू गरिसकेका छन्’ मन्त्री बस्नेतले भने, ‘यदि कुनै अस्पतालले कार्यान्वयन नगरेको भए जो–कोहीले सुझाव दिन सक्नुहुनेछ । जुन अस्पतालले कार्यान्वयन गर्दैन त्यस्तालाई चल्न नदिने वा नवीकरण नै रोकिदिन्छौं ।

    images

    मन्त्री बस्नेतले २२ जिल्लाका विपन्न नागरिकले परिचयपत्र देखाएर र अन्य जिल्लाकाले वडा कार्यालयको सिफारिसका आधारमा अस्पतालबाट निःशुल्क शय्याको सुविधा लिन सक्ने बताए ।स्वास्थ्य मन्त्रालयका अनुसार वीर अस्पतालमा ७ सय, परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा ४५०, कोशी अस्पतालमा ३३०, कान्ति बाल अस्पतालमा २४८, ट्रमा सेन्टरमा १५०, शहीद गंगागाल राष्ट्रिय हदृयरोग रोग केन्द्रमा ९०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० शय्या निःशुल्क छ ।

    संघीय सरकार मातहत रहेका अन्य अस्पताल र प्रदेश तथा स्थानीय सरकार मातहतका अस्तापलमा पनि शय्या निःशुल्क गर्ने विषयमा छलफल भइरहेको मन्त्री बस्नेतले बताए ।केही अस्पतालमा आर्थिक भार पर्न सक्छ । केही आर्थिक भार अन्य सेवा–सुविधा बढाएर त्यही अस्पतालले व्यहोर्छ । यदि नपुगेको अवस्थामा स्वास्थ्य मन्त्रालयले व्यहोर्छ’ मन्त्री बस्नेतले भने ।

    प्रकाशित मिति :आषाढ १८, २०८० सोमवार - १८:१८:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको