२५ असार काठमाडौ । काठमाडौँ राजधानीमा रहेएको विर अस्पतालमा बिहान आठ बजेदेखि बिरामीको सेवामा ओपिडी सञ्चालन हुने भएको छ । विर अस्पतालका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकृलपति डा.भूपेन्द्कुमार बस्नेतले नयाम्सको बैठकले आगमी साउन १ गते देखि वीर अस्पतालको ओपिडी सेवा बिहान आठ बजे देखि गर्ने निर्णय गर्ने जनाकारी दिनु भयो । उहाँले यसबाट बिरामीलाई धेरै राहत हुने र ुमयमा उपचार हुने बताउनुभयो । अस्पतालका निर्देशक डा. सनतोष पौडेलले उपचार सेवालाई थप सहज बनाउन बिहानको समयमा उपचार सेवा सुरु गर्ने लागिएको बताउनु भयो । वीर अस्पताल हाल दैनिक दुई हजार पाँच सय बिरामी आउने गरेका अस्पतालका कार्यकारी बिभागले बताएका हुन्र