Logo

मंगलवार, श्रावण १२ गते २०८३

आईओसीको नयाँ मूल्यसूची : पेट्रोलको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमै २७३ रुपैयाँले बढ्यो

आईओसीको नयाँ मूल्यसूची : पेट्रोलको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमै २७३ रुपैयाँले बढ्यो

जोईन खबर

१८, चैत्र २०७८
  • 1.1K
    SHARES
  • आईओसीको नयाँ मूल्यसूची : पेट्रोलको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमै २७३ रुपैयाँले बढ्यो

    काठमाडौं । भारतीय आयाल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसुची पठाएको छ । अप्रिल १ तारिख (चैत १८ गते) पठाएको नयाँ मूल्यसूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको छ ।

    images

    नयाँ मूल्य सूचमा पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको नेपाल आयल निगमले जनाएको । 

    यता डिजेलको मूल्य भने प्रतिलिटर २ पैसाले बढेर आएको छ । यस्तै मट्टीतेलको मूल्य लिटरमा २२ रुपैयाँ १९ पैसाले बढेर आउँदा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ २३ पैसाले बढेर आएको निगमले जनाएको छ ।

    लगातार बढिरहेको डिजेल र पेट्रोलको मूल्यवृद्धि रोकिए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने सिलिन्डरमै २७३ रुपैयाँ ३८ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

    आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार अब नेपाल आयल निगमलाई हालको बिक्री मूल्यअनुसार १५ दिनमा ५ अर्ब २१ करोड घाटा हुने निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

     

     

    प्रकाशित मिति :चैत्र १८, २०७८ शुक्रवार - १८:३१:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको