Logo

मंगलवार, श्रावण १२ गते २०८३

जेठ २६ गतेदेखि वेलकम टु हेम्जाकोट प्रदर्शनमा आउदैँ

जेठ २६ गतेदेखि वेलकम टु हेम्जाकोट प्रदर्शनमा आउदैँ

जोईन खबर

१८, जेठ २०८०
  • 865
    SHARES
  • जेठ २६ गतेदेखि  वेलकम टु हेम्जाकोट प्रदर्शनमा आउदैँ

    १८ जेठ काठमाडौ । फिल्म ‘वेलकम टु हेम्जाकोट’ टिम यतिबेला फिल्म प्रमोशनमा व्यस्त छन्।सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्देशक सरोज पौडेलले फिल्मले बेरोजगार पात्रको संघर्षको कथा पेश गर्ने बताए।‘

    images

    हामीहरूकै वरिपरिको कथा हो, त्यहि कथा फिल्ममा कमेडी तरिकाले प्रस्तुत गर्न खोजिएको छ। अभिनेता विनोद न्यौपानेले फिल्ममा आफ्नो भूमिका महत्व र अर्थपुर्ण रहेको बताए। फिल्ममा मज्जाले काम गर्ने ठाउँ पाएको छु। मैले यो फिल्मबाट केही देखाउन पाउनेछु। दर्शकले पनि केही पाउनेछन् अभिनेता बुद्धि तामाङले भने, ‘दर्शकले मलाई नियमितभन्दा भिन्न चरित्रमा देख्न पाउनुहुनेछ।’कार्यक्रममा डेब्यू अभिनेत्री अम्बिका तामाङले आफूले गरेको पात्रबारे भनिन्, ‘मैले गाउँकी साधारण केटीको भूमिका निर्वाह गरेकी छु।

    क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामालगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक पौडेलले तयार पारेका हुन्।

    प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - १०:३९:३३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको