Logo

मंगलवार, श्रावण १२ गते २०८३

सुन-चाँदीको मूल्य घट्यो,कतिमा भइरहेको छ कारोबार ?

सुन-चाँदीको मूल्य घट्यो,कतिमा भइरहेको छ कारोबार ?

जोईन खबर

२३, चैत्र २०७८
  • 940
    SHARES
  • सुन-चाँदीको मूल्य घट्यो,कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं : नेपाली बजारमा बुधबार सुन-चाँदीको मूल्यमा गिरावट आएको छ। मंगलबार तोलामा १ रुपैयाँले बढेको सुन आज ३ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामामा ३ सय रुपैयाँले घटेर तोलाको ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार तोकिएको छ।

    images

    यसअघि मंगलबार सुनको मूल्य १ सय रुपैयाँले बढेर तोलाको ९८ हजार ८०० कायम गरिएको थियो। तेजावी सुनको मूल्य तोलाको ९८ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो। आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबारको तुलनामा चाँदी ५ रुपैयाँले घटेर तोलाको १३३५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

    मंगलबार चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३४० रुपैयाँमा किनबेच भएको थियो। 

     

    प्रकाशित मिति :चैत्र २३, २०७८ बुधवार - ११:०४:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको