काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार एक सय कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६ सय तोकिएको छ।
आज चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन। आज चाँदी प्रतितोला एक हजार चार सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।