२२ भदौ, काठमाडौं, २०७४ सालदेखि बन्द रहेको कृषियोग्य जग्गाको कित्ताकाट खुलेको छ। कृषि योग्य जग्गाको खण्डीकरणसम्बन्धी भएका पूर्वनिर्णयहरू बदर गरिएको भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयले जानकारी दिएको छ।
भू-उपयोग नियमावली जारी भई भू-उपयोग नक्सा/ डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण भएपछि लागू हुनेगरी हालका लागि खण्डीकरण गर्न अनुमति दिइएको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए।
यो निर्णयसँगै देशभर रहेका जग्गाको खण्डीकरण गर्न पाइने छ। कित्ताकाट हुने छ। यद्यपी ऐन नियम तथा नियमावलीले निषेध गरेका जग्गा भने कित्ताकाट गर्न पाइने छैन।
विशेषगरी व्यवसायीहरूले कित्ताकाट भएपछि खुलाउन लबिङ गरिरहेका थिए। जग्गामा लगानी गरेका व्यवसायीहरूले कित्ताकाट रोकिँदा विक्री गर्न नपाएको भन्दै गुनासो गरिरहहेका थिए। यसअघि २०७४ र २०७५ मा सरकारले जग्गाको खण्डीकरणका सम्बन्धमा रोक्ने आदेश जारी गरेको थियो।
साभार:सेतोपाटी