२३ साउन काठडमाडाैँ। सुनको भाउ मंगलबार तोलामा ३०० रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो सुन प्रतितोला १०० रुपैयाँले गिरावट भएर एक लाख १२ हजार ४०० रुपैयाँमा झरेको थियो । यस दिन चाँदी तोलामा २५ रुपैयाँले घट्दा प्रतितोला एक हजार ४०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।