Logo

मंगलवार, श्रावण १२ गते २०८३

प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण जाने २४ सदस्यीयको टोली तयार , को को परे त

प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण जाने २४ सदस्यीयको टोली तयार , को को परे त

जोईन खबर

२२, भाद्र २०८०
  • 799
    SHARES
  • प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण  जाने २४ सदस्यीयको  टोली  तयार , को को परे त

    २२ भदाै काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ ३० गते संयुक्त राज्य अमेरिका जाँदै छन्। महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्ड ले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्नेछन्।मुख्यसचिव बैकुण्ठ अर्यालका अनुसार २४ सदस्यीय टोली अमेरिका जाने तय भएको छ।

    images

    स्रोतका अनुसार प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिवहरू गंगा दाहाल, रमेश मल्ल, प्रेस सल्लाहकार गोविन्द आचार्य, निजी फोटोग्राफर प्रदीपराज वन्त, निजी भिडिओग्राफर नवराज दाहाल, निजी डाक्टर युवराज शर्मा र तीन जना सुरक्षाकर्मी हुने छन्।यस्तै मुख्यसचिव बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी पनि भ्रमण टोलीमा छन्।यसैगरी परराष्ट्रमन्त्री एनपी साउद, उनका स्वकीय सचिव दीपक जोशी, परराष्ट्र सचिव भरतराज पौड्याल, सहसचिव सेवा लम्साललगायत प्रतिनिधि भ्रमण दलमा रहने छन्।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन आएका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन्।महासभा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्नेछन्।

    प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - १४:१८:१६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको