२५ भाद्र, गोरखा । बारपाक सुलिकोट गाउॅपालिका वडा नं ६ मैलुङमा ब्यावसायिक रुपमा बोयर बाख्रा पालन सुरु भएको छ।
ताकुकोटको केहि युवाहरु मिलेर झण्डै ५० लाख लगानी गरि बोयर जातको विभिन्न गुणस्तरको बोका , बाख्रा, पाठा, पाठी उत्पादन गर्ने गरि एबिआरसी कृषि फार्मको स्थापना गरेको हो।

बोयरजातको बाख्रा दक्षिण अफ्रिकाको लोकल ब्राखा हो । बोयर बाख्रा वा बोका हेर्दै बलियो र खँदिलो मासु भएको हुन्छ। प्राय सेतो वा खैरो वा दुवै रङ्ग मिसिएको बोएर बाख्राले धेरै थरि रोग प्रतिरोध गर्न सक्षम हुन्छन् ।
बोयर जातको पाठा पाठी एकदमै छिटो बढ्छन् भने मासु पनि स्वस्थकर मानिन्छ । नेपालमा अहिले बोयर जातको बाख्राको व्यवसायिक रुपमा उत्पादन र बिक्री सुरु भईरहेको छ ।
एविआरसि कृषि फार्मले सुरु चरणमा ब्रिडिङको लागि बोका तथा बाख्राहरु बिक्री वितरण गर्ने र दोस्रो चरणमा मासुको लागि फोकस गर्ने फार्म संचालक बुद्धिमान श्रेष्ठले जानकारि दिनुभएको छ ।