भाद्र ९, बारपाक सुलिकोट गाउॅपालीका वडा नं ४ सौरपानीमा मुख्य कार्यालय रहेको सुलिकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तेस्रो बार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सहकारीले मुख्य कार्यालय सौरपानी, सेवा केन्द्रहरु पॅाचखुवा देउराली, ताकुकोट र बारपाक सेवाकेन्द्रमा संस्थाले छुट्टाछुट्टै कार्यक्रम गरि तेस्रो बार्षिक साधारणसभा सम्पन्न गरेको हो। 
बारपाक सुलिकोटगाउँपालिका वडा नं ७ र ८ को सदस्यहरुलागि वडा नं ७ को वडा कार्यालयको हलमा, वडा नं ५ र ६ को शेयर सदस्यहरुको लागि गाउॅपालिकाको हल , वडा नं ३ र ४को सदस्यहरुको लागि सौरपानी नेवार समाजको हल साथै वडा नं १ र २ को सदस्यहरुको लागि बारपाक गुरुङ समाजको हलमाभएको साधारणसभामा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्टले स्थानिय उत्पादनको बजारिकरण गर्न सहकारीलाई सुझाव दिनुको साथै पालिकाको तर्फ बाट पूर्ण साथ र सहयोग रहने बताउनु भएको थियो । कृषि, पशुपालन गर्न ऋण लिने किसानको ८०% सम्मको व्याज पालिकाको तर्फबाट अनुदान सहयोग गर्ने व्यवस्था गर्न आवश्य समन्वय गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।
साधारण सभामा वडा वडाअध्यक्ष, वडा जनप्रतिनिधी,
बिभिन्न बचत तथा ऋण, कृषी सहकारी, बिद्यालय प्रतिनिधीहरुलाई अतिथी आमन्त्रण गरिएको थियो।
साधारणसभामा अध्यक्ष ई डा हरेराम श्रेष्ठ संचालक समितिको तर्फ बाट आव २०७९/८० को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षको प्रतिवेदन, आव २०८०/८१ को बार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको थियो साथै लेखा सुपरिवेक्षण समितिको संयोजक चुडा प्रसाद बस्ताकोटीद्वारा प्रतिवेदन प्रस्तुत गरिएको थियो। उपाध्यक्ष बिकल कुमार श्रेष्ठले स्वागत मन्तव्य साथै संस्थाको भिजनको सम्बन्धमा बताउनु भएको थियो भने उपाध्यक्ष हरि प्रसाद ॲगाईले संस्थाको व्यवसायीक योजना संचालन तौरतरिकाको साथै जलबिद्युत परियोजना संचालन तौरतरिका बारे प्रस्ताव पेश गर्नु भएको थियो।
सहकारीमा शेयर पुँजी रु ३ करोड ५९ लाख ५३ हजार १२२ र पैसा ५५ , ऋण लगानी १ करोड ९३ लाख ७४ हजार ७२५.३८, बचत १ करोड ४५ लाख ४४ हजार ४९४.१६ , सेयर पुँजी २ करोड, ५ लाख ५१ हजार ४ सय , महिला सदस्य ५५०, पुरुष ५०३ सदस्यसहित १ हजार ५३ जना सदस्य रहेको साधारण सभामा जानकारी दिईएको थियो ।

साधारण सभामा शेयर सदस्यहरुको उस्साजनक सहभागिता रहेको संस्थाको सदस्य होम नारायण श्रेष्ठले जानकारि दिनु भएको थियो।


नियमित बचत, जेष्ठ बचत, आवधिक(मुद्धति) बचत सजिलो बचत, बाल बचत, नारी बचत , सुलिकोट बचत शिर्षकमा सेयर सदस्य हरुले बचत गर्दै आउनु भएको साथै कृषि, पशुपालन, साना ब्यापारिककर्जा, बैदेशिक रोजगार,हायर पर्चेच, आवास, शैक्षिक, घरजग्गा ऋण,आपतकालीन ऋण लगायतका ऋण प्रदान गर्दै आईरहेको ब्यवस्थापक सुस्मिता श्रेष्ठ बताउनु भयो।
तेस्रो साधारण सभाले नियमित कार्य सुचिको प्रस्तावहरुको साथै ३% (३% नगद)शेयर सदस्यहरुलाईदिने प्रस्तावलाई निर्णय गरिएको जानकारी सहसचिव राजनबावु श्रेष्ठले दिनुभयो।