Logo

मंगलवार, श्रावण १२ गते २०८३

सरकारले मुख्य चाडपर्वलाई लक्षित गर्दै २० हजार टन चिनी आयात

सरकारले मुख्य चाडपर्वलाई लक्षित गर्दै २० हजार टन चिनी आयात

जोईन खबर

२७, भाद्र २०८०
  • 892
    SHARES
  • सरकारले मुख्य चाडपर्वलाई लक्षित गर्दै २० हजार टन चिनी आयात

    २७ भदाै काठमाडाैँ । सरकारले मुख्य चाडपर्वलाई लक्षित गर्दै २० हजार टन चिनी आयात गर्ने भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २० हजार टन चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    images

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले १०–१० टन चिनी आयात गर्नेगरी भन्सार छुटको निर्णय भएको मन्त्रालयका प्रवक्ता धनीराम शर्माले बताए ।चिनीमा ३० प्रतिशत भन्सार महसुल लाग्छ । मन्त्रालयले २० हजार टन चिनी आयात गर्न दुई कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिने निर्णय गरेको छ,’ शर्माले भने, ‘अब १५ प्रतिशत भन्सार महसुलमा चिनी ल्याउन पाउने छन् ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वका लागि भन्दै ६० हजार चिनी आयातको अनुमति माग गरेको थियो । नेपाली बजारमा अहिले चिनीको थोक मूल्य १०५ रुपैयाँ छ । तर, बजारमा खुद्रामा ११५ रुपैयाँसम्ममा चिनीको बिक्री भइरहेको छ ।

    प्रकाशित मिति :भाद्र २७, २०८० बुधवार - १६:४६:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको