Logo

मंगलवार, श्रावण १२ गते २०८३

विदेशी विनिमय दरकाे नयाँ मूल्यकाे रेकर्ड हेर्नुस

विदेशी विनिमय दरकाे नयाँ मूल्यकाे रेकर्ड हेर्नुस

जोईन खबर

२, आश्विन २०८०
  • 805
    SHARES
  • विदेशी विनिमय दरकाे नयाँ  मूल्यकाे  रेकर्ड हेर्नुस

    २ असाेज काठमाडाैँ ।  विदेशी विनिमय दरकाे  मूल्यले नयाँ रेकर्ड  बनाएको छ । डरलको विनिमय दरले मंगलबार पुन नयाँ रेकर्ड बनाएको हो ।लगातार बढ्दो क्रममा देखिएको डलरको विनिमय दर मंगलबार खरिद मूल्यमा १३२ रुपैयाँ ९४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ५४ पैसा पुगेको छ ।

    images

    पछिल्लो ३०र ३१ भदौ तथा १ असोजमा लगातार खरिद मूल्य १३२ रुपैयाँ ८० पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ४० पैसा रहेकोमा मंगलबार ३असोजमा नयाँ रेकर्ड बनाएको हो ।लामो समयदेखि १३२ रुपैयाँकै वरिपरि रहेको अमेरिकी डलरको विनिमय दर २२ भदौमा बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको थियो । त्यसअघि १ भदौमा डलरको खरिद मूल्य १३२ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

    प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - १३:४६:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको