Logo

मंगलवार, श्रावण १२ गते २०८३

गृहमन्त्री श्रेष्ठले आफूसँग असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै असन्तुष्टि भए

गृहमन्त्री श्रेष्ठले आफूसँग असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै असन्तुष्टि भए

जोईन खबर

७, आश्विन २०८०
  • 880
    SHARES
  • गृहमन्त्री श्रेष्ठले आफूसँग असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै  असन्तुष्टि  भए

    ७ असाेज काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूसँग असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

    images

    अख्तियार दुरुपयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न समितिको बैठक आइतबार बिहान बोलाइएको थियो । आफू असम्बन्धित भए पनि समितिले आउनै पर्ने भनेकोमा उनले असन्तुष्टि जनाए ।

    सभापतिजीले तपाईँ नआइकन बैठक नै चल्दैन भन्नुभयो भनेर के भन्नुभयो’, सदासयता देखाएर मात्र आफू आएको भन्दै गृहमन्त्री श्रेष्ठले भने, ‘म संसद्लाई सम्मान गर्छु, संसदीय समितिलाई सम्मान गर्छु, तर लोकतान्त्रिक मूल्य मान्यता, त पनि त हुँदो हो नि ! हामी पद्धतिमा चल्नु पर्‍यो ।

    म आएको बेलामा सधैँ यसरी प्रश्न गर्ने हो भने संसदमा जस्तै गृहमन्त्रीसँग प्रश्नोत्तर राखिदिनुहोस् न समितिमा पनि । म आइहाल्छु नि’ उनले भने, ‘मन्त्री भएका कारण उठ, आइज, तँ कहाँ छन् भन्ने हुन्छ र !

    प्रकाशित मिति :आश्विन ७, २०८० आइतवार - १६:०३:१९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको