१७ असाेज काठमाडाैँ ।असाेज महिनामा आठ दिनपछि सुनकाे मूल्य वृद्धि भएको छ । बुधबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ । चाँदीको भाउ भने यस दिन स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ६ हजार ४०० रुपैयाँ पुगेको छ । ८ दिनमा सुन प्रतितोला ५ हजार ६०० रुपैयाँले सस्तिएकाे थियाे ।