१९ असाेज काठमडाैँ । शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम रहेको छ ।
तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य पनि आज प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।