३० असोज काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य सस्तिएको छ ।सुन तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ३५० रुपैयाँमा झरेको छ ।
दुई दिनमा सुन प्रतितोला एक हजार १०० रुपैयाँले घटिसकेको छ । आज चाँदीको मूल्य पनि सस्तिएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।