२८ मंसिर काठमाडौँ । आज बिहिवार सुनको मूल्य २५ सय भन्दा माथिमा कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँ भन्दा बढीले बढेको जानकारी महासंघले दिएको छ ।
महासंघले आजको मूल्यसूची तय गर्दै हिजोको तुलनामा आज २५ सय भन्दा बढी मूल्य बढेको जानकारी दिएको हो ।
जसमा आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ ।
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार र तेजाबी सुनको मूल्य १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो ।
सुनको मूल्य बढेको दिन आज चाँदीको पनि बढेको छ । महासंघले चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ बढेर कारोबारमा आएको जानकारी दिएको छन् ।