१२ पुष काठमाडाैँ ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय, सानेपामा सुरु भएको छ ।पार्टीकोतर्फबाट मन्त्रीहरुको कामकारबाहीको समीक्षा सहितका एजेण्डामा छलफल गर्न बोलाइएको बैठकको कांग्रेसले बैठकको प्रत्यक्ष प्रसारण भने भएन ।
कांग्रेसले साउनदेखि केन्द्रीय कार्यसमिति बैठक प्रत्यक्ष प्रसारण सुरु गरेको थियो । त्यसबेला पार्टी सभापति शेरबहादुर देउवा स्वयंले लाइभ गर्न जोडबल गरेका थिए । मंसिरमा बसेको बैठक पनि लाइभ गरिएको थियो ।यो पटक बैठक लाइभ भएन ।
बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि सुरु हुने ‘समुदायमा कांग्रेस’बारे जानकारी गराएका छन् । क्रियाशील सदस्यता नवीकरणको फारम मंसिरमा पठाएको भए पनि जिल्ला सभापतिहरुले अगाडि नबढाएको उनले सुनाए ।
सहमहामन्त्री जीवन परियारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि अस्थायी टहरा बनाएको विषयमा जानकारी गराएका छन् ।