बारपाक सुलिकोट, पौष १५,
श्री मिलन युबा क्लब पन्चो गाउँ द्वारा आयोजित तमु ल्होसार को अबसरमा मुप्रि ल्होको स्वागत तथा हि ल्होको बिदाई गर्दै गोरखाको बारपाक सुलिकोट गा.पा ४ सौरपानी भन्डारि गाउँमा भलिबल तथा बिबिध सास्कृतिक कार्यक्रम गरी सम्पन भएको छ । 
क्लबका अध्यक्ष सुनेम गुरुङ को अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी
प्रदेश सभाका सभामुख कृष्ण धिताल (बिजय )को प्रमुख आथित्यता रहेको थियो भने बारपाक सुलिकोट गाउँ पालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट को बिसेष आथित्यता रहेको थियो कार्यक्रम मा स्वागत मन्तब्य अ्मित गुरुङ राख्नु भएको थियो भने नेकपा माओबादि केन्द्र बारपाक सुलिकोट गा:पा समिति सचिव राजकुमार गुरुङ्, जि•स•स सदस्य मोहोन ढकाल तम्मु समाज फुङ का सचिव हरिमान गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको उदघाटन ब्यानर पढेर प्रमुख अथितिबाट गरिएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु राम कुमार गुरुङ (RK) पबन गुरुङ , सुनिमा गुरुङको बेजोड प्रस्तुति साथ स्थानियको मारुनि ,कौडा लगायत प्रस्तुति रहेको थियो।
ल्होसार कै अबसरमा क्लबको आयोजनामा गत ११ गते देखि खुल्ला भलिबल आयोजना समेत भएको थियो । खेलमा
१९ टिम सहभागिता रहेको थियो भने उक्त खेलमा प्रथम खिङ अजिरकोट भएको थियो । उक्त टिमले पुरस्कार स्वरुप २० हजार मेडल र साथमा प्रमाणपत्र दृतिय मिलन युवा क्लबले १२ हजार साथमा मेडल र प्रमाणपत्र, तृतीय बारमुले युबा क्लबले ८ हजार मेडल साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरेका थियो। बिजयी टिमहरुलाई प्रदेश सभाका सभामुख कृष्ण धिताल पुरस्कार, मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।