२१ माघ काठमाडाैँ । आइतबार सुन र चाँदी दुबैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ ।साथै शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।