Logo

मंगलवार, श्रावण १२ गते २०८३

आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढयो 

आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढयो 

जोईन खबर

६, फाल्गुण २०८०
  • 1.1K
    SHARES
  • आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढयो 

    ६ फागुन काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रवार तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ५ सय रुपैयाँले बढेको हो ।

    images

    आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रकाशित मिति :फाल्गुण ६, २०८० आइतवार - १३:५५:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको