५ चैत काठमाडौँ । केन्द्रमा नयाँ सत्त गठबन्धन समिकरण संगै गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गर्दै उनले दीपक मनाङेलाई समेत समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी र अर्का मन्त्रि कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी दिदैँ आज दिउँसो तीन बजे मन्त्रिहरुले शपथ लिने कार्यक्रम राखिएको छ ।
मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेका छन् ।