२३ चैत काठमाडौँ । आज शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ खरिदबिक्रि भएको छ , भने तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ, भने चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको छ।
हिजो बिहीबार छापावाला सुन मूल्य १ लाख ३४ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
आज शुक्रबार चाँदी प्रतितोला १ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ। तोलामा ३५ रुपैयाँले घटेर कारोवार भएको छ ।