२५ चैत काठमाडौँ । आइतबार सुनको मूल्य नयाँ रेकर्ड बन्दैँ आज पनि प्रतितोला दुई हजार नौ सयले बढेएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख ३५ हजार छ सय रुपैयाँ र तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार नौ सयले बढेर रु। एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ ।
शुक्रबार तेजाबी सुन रु। एक लाख ३२ हजार ५० निर्धारण भई कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला रु। दुई हजार नौ सयले वृद्धि भएको छ ।
यसैगरी चाँदीको मूल्य आजका लागि प्रतितोला रु। एक हजार छ सय ७० निर्धारण भएको छ । शुक्रबार चाँदीको मूल्य रु। एक हजार छ सय १५ मा कारोबार भएको थियो ।