२९ भदौ, काठमाडौं । स्थानीय सरकारको अनुमतिमा निजी विद्यालयले भर्चुअल कक्षाको शुल्क लिन पाउने भएका छन् ।
शिक्षा मन्त्रालयले वैकल्पिक माध्यमबाट गरिने पठनपाठनलाई शैक्षिक सत्रको मान्यता दिँदै असोज १ देखि लागू हुने गरी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेर शुल्क लिन पाइने ब्याबस्था गरेको हो ।
सरकारले २०७७ असार १ देखि वैकल्पिक सिकाइ अभियान सुरु गरेको थियो । निजी विद्यालयले भने गत वैशाखदेखि नै भर्चुअल कक्षा सञ्चालन गर्दै आएका थिए ।