१८ वैशाख काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धी भएको नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् ।
यो भन्दा पहिलो निर्वाचनमा इलाम २ बाट एमालेबाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए भने सुवासको गत वर्ष भदौमा निधन भएपछि उक्त ठाउँमा यही वैशाख १५ गते उपनिर्वाचन भएको हो । नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो ।
यस उपनिर्वाचनमा एमालेबाट २७ हजार ७७२ मतसहित सुहाङ नेम्वाङ विजयी र उनीहरू प्रतिस्पर्धी गर्ने नेपाली कांग्रेस उम्मेदवार बनेका खड्काले २१ हजार ९४२ मत, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत पाएका छन् ।
यसै क्रममा भएको अर्का बझाङ ९१० मा उपनिर्वाचनमा प्रदेश सभा सदस्यका लागि पनि नेकपा एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन् । अघिल्लो निर्वाचनमा बझाङ ९१० बाट कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए ।मन्त्रीसमेत बनेका पृथ्वीबहादुरको सवारी दुर्घटनामा निधन भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको थियो । पृथ्वीबहादुरका छोरा अभिषेकबहादुर सिंह दोस्रो भए ।