Logo

मंगलवार, श्रावण १२ गते २०८३

मलाई साथ दिनु प¥यो भनेपछि राजिनामा नबुझाइ रास्वापाका मन्त्रीहरु सिंहदरबार तर्फ फर्किए

मलाई साथ दिनु प¥यो भनेपछि राजिनामा नबुझाइ रास्वापाका मन्त्रीहरु सिंहदरबार तर्फ फर्किए

जोईन खबर

२०, आषाढ २०८१
  • 1.0K
    SHARES
  • मलाई साथ दिनु प¥यो भनेपछि राजिनामा नबुझाइ  रास्वापाका मन्त्रीहरु   सिंहदरबार  तर्फ फर्किए

    २० असारक काठमाडौँ । सोमबार देखि भएको नायँ सत्ता समिकरणसंगै सरकार फेरीने तयार भएपछि राजिनामा बुझाउन बालुवाटार पुगेका मन्त्रीहरुले राजिनामा नबुझाई आफनो पद तर्फ फर्किएका छन् । प्रधानमन्त्री पुष्पाकमल दाहाल प्रचण्डले मलाइ साथ दिनु प¥यो भने पछि राष्ट्रिय स्वातन्त्र पार्टीका उपाप्रधानमन्त्रीसहितको टोली फर्किएर आएका  हुन् ।

    images

    उनहिरको हिजो भएको बैठकको निर्णय अनुसार राजिनामा दिने भए पछि उनीहरुको सबै मन्त्रीहरु आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राजीनामा दिन पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहितका रास्वपाका मन्त्रीहरु राजीनामा नदिइकनै सिंहदरबार फर्किएका  थिए।

    प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपासँग सहयोग माग्नुभएको र प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने भनेसँगै आफूहरुले संविधानले दिएको प्रधानमन्त्रीको अधिकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

    उनले छलफलमा प्रधानमन्त्रीले पछिल्लो परिस्थितिको समग्र विश्लेषण गरेका थिए ।उनले आफूले संवैधानिक अधिकारको प्रयोग गर्ने र त्यसमा रास्वापको सहयोग चाहिने बताएपछि छिटो विश्वासको मत लिने व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह गरेको बताए ।

    रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिने भनेर हामी प्रधानमन्त्री कहाँ आएका थियौँ । जनताका प्रतिनिधिहरुले मलाई प्रधानमन्त्री बनाएका हुन्, संसदलाई जवाफ दिनुपर्छ भनेपछि मलाई साथ दिनुपर्छ भन्नुभयो ।

    प्रकाशित मिति :आषाढ २०, २०८१ बिहिवार - १३:२८:४५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको