२३ असार काठमाडौँ । नेपाली काँग्रेसले मधेस प्रदेश सरकारमा पठाउन ४ जना मन्त्रीको नाम टुङ्गो लगाएको छ ।
काँग्रेसले जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा ४ जना सांसदलाई सरकारमा पठाउन लागेको हो ।रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने टुङ्गो लगाएको सांसद जनार्दन सिंह क्षेत्रीले जानकारी दिए ।
मुख्यमन्त्री सतिशकुमार सिंहले तीनवटा मन्त्रालय दिने तयारी गरेका छन् ।प्रदेश सभामा काँग्रेसको २२ सिट छ ।