३० चैत काठमाडौ।रोज ब्युटी एकेडेमी प्रालिद्वारा आयोजित ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३’ को उपाधि विराटनगरकी श्रेष्ठले जितेकी छिन् ।मनिषाले ५० हजार रुपैयाँ, नेशनल अस्पताल र चिरायु टेन्टल केयरको स्वास्थ्य सेवा, आईआईएफटीमा मेकअप आर्टिस्टको रुपमा रोजगारी, म्युजिक भिडियोमा काम गर्ने अवसर पाउने छिन् भने विभिन्न उपहार पनि जितेकी छिन् ।
अभिनेत्री पल्पसा डङ्गोल, अभिनेता दिक्पाल कार्की, अधिवक्ता होमाकान्त चौलागाई, डा.प्रकाश पौडेल, डा.सरोज लामिछाने, ब्युटीसियनहरु विमला रिजाल, सुष्मा रावल निर्णायक रहेको प्रतियोगितामा बेष्ट स्माइलसहित फस्ट रनरअपको उपाधि संगीता सुवेदी अधिकारी र मोस्ट इन्टेलिजेन्ट ब्युटिसियनसहित सेकेन्ड रनरअपको उपाधि श्वेता मगर श्रेष्ठले हासिल गरे ।
कार्यक्रम आयोजक तथा रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारञ्जितले व्युटीसियनहरुले पनि पार्लरबाट बाहिर निक्लेर केही गर्न सकुन् भनेर उनीहरूको व्यक्तित्व विकासको लागि विगत ६ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको बताइन् ।