काठमाडौँ, १ भदौ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) कर्मचारी संघको अध्यक्षमा दीपक टण्डन निर्वाचित भएका छन्।
परिषद केन्द्रीय कार्यलयमा साउन २९-३० मा सम्पन्न कर्मचारी संघको भेलाबाट वरिष्ठ उपाध्यक्षमा यदुप्रसाद पुडासैनी, उपाध्यक्षहरूमा विनय देवकोटा, सञ्जयकुमार यादव, पिङ्गला पाण्डे, अर्जुन काफ्ले र ध्रुवराज न्यौपाने निर्वाचित भएका छन्।
यस्तै महासचिवमा कृष्णबहादुर खड्का, उपमहासचिव प्रमोद पौड्याल र कोषाध्यक्ष शिवराम श्रेष्ठ भएका छन्।
सदस्यहरूमा भरत सापकोटा, साइमन जवेगु (लिम्बु), हर्कबहादुर चौधरी, गोविन्दबहादुर पुन, मनोजकुमार यादव, रमेश केसी, नवराज पौड्याल, मधुसुदन हुमागाई, आस्ठा गैरे, दिनेशकुमार मण्डल, ताराबहादुर नेपाली, ध्रुव महर्जन र नयन राज कोइराला छन्।
अध्यक्ष दीपक टण्डन को समुहले निर्बाचनमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) को करार कर्मचारीहरुको समस्या समाधान, स्थाई कर्मचारीहरुको ब्यवस्थिकरण, शैक्षिक सँस्था को उन्नयन र विकासको नाराअघि सारेको थियो।
नवनिर्वाचित कार्यसमितिले करार कर्मचारीहरुको स्थाई प्रक्रिया र सम्बन्धन वितरण लगायतका व्यथिती न्युनिकरण गर्नु नै पहिलो जिम्मेवारी रहेको नवनिर्वाचित उपाध्यक्ष विनय देवकोटाले बताउनुभएको छ ।