Logo

मंगलवार, श्रावण १२ गते २०८३

 प्रधानमन्त्री निवासमा तीन शीर्ष नेताहरूबीचको भेटघाट

 प्रधानमन्त्री निवासमा तीन शीर्ष नेताहरूबीचको भेटघाट

जोईन खबर

२७, भाद्र २०८१
  • 826
    SHARES
  •  प्रधानमन्त्री निवासमा तीन शीर्ष नेताहरूबीचको भेटघाट

    २७ भदौ काठमाडौँ । बालुवाटारमा  तीन शीर्ष नेताहरूबीचको राजनीतिक भेटघाट भएको छ । सरकारी निवास बालुवाटारमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको प्रधानमन्त्री सचिवलयले जनायो ।

    images

    भेटमा पूर्व प्रधानमन्त्री प्रचण्डले  संवैधानिक निकायका सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने सुझाव व्‍यक्त गरेका हुन् । भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त गरेका प्रचण्डको सचिवलयले बताएको हो ।

    संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलको नेता, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र सर्वोच्च अदालतका प्रधानन्ययाधीश सदस्य रहने व्‍यवस्था छ। यसै परिषद्ले गर्ने र सिफारिस व्यक्तित्वहरूको संसदीय सुनुवाइपछि नियुक्ति हुने संवैधानिक व्‍यवस्था छ।

    प्रकाशित मिति :भाद्र २७, २०८१ बिहिवार - १४:१३:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको