Logo

मंगलवार, श्रावण १२ गते २०८३

कोरोना भाइरस सङ्क्रमण देखिएमा : एक हप्ता अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह !!!

कोरोना भाइरस सङ्क्रमण देखिएमा : एक हप्ता अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह !!!

जोईन खबर

६, बैशाख २०८०
  • 673
    SHARES
  • कोरोना भाइरस सङ्क्रमण देखिएमा :  एक हप्ता अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह !!!

    ६ बैशाख काठमाडौ।कोरोना भाइरस सङ्क्रमण देखिएमा  एक हप्ता अनिवार्य आइसोलेशनमा बस्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  आग्रह गरेको छ ।

    images

    मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका छन् ।

    सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्के पनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउँडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।

     

    प्रकाशित मिति :बैशाख ६, २०८० बुधवार - १३:४०:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको