Logo

मंगलवार, श्रावण १२ गते २०८३

फ्रान्सेली सांसदको प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री देउवासँग भेटवार्ता

फ्रान्सेली सांसदको प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री देउवासँग भेटवार्ता

जोईन खबर

२५, फाल्गुण २०७८
  • 883
    SHARES
  • फ्रान्सेली सांसदको प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री देउवासँग भेटवार्ता

    नेपालको औपचारिक भ्रमण गर्न काठमाडौं आइपुगेको फ्रान्सेली सांसदको  प्रतिनिधिमण्डल बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ।

    images

    बालुवाटारमा भएको भेटवार्तामा दुई पक्षबीच नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्ध प्रवर्द्धनका विषयमा छलफल भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

    प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेटवार्ता गर्दै फ्रान्सेली टोली। प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेटवार्ता गर्दै फ्रान्सेली टोली।

    फ्रान्स-नेपाल संसदीय मैत्री समूहका सभापति भेरोनिक रायोट्टनको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल मंगलबार काठमाडौं आएको हो।

    काठमाडौस्थित फ्रान्सेली दूतावासका अनुशार पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपाल—फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष माधव कुमार नेपालको निमन्त्रणामा फ्रान्सको संसदीय टोली नेपाल आएको हो। 

    प्रतिनिधिमण्डलमा फ्रान्स-नेपाल संसदीय मैत्री समूहका उपाध्यक्षद्वय निकोलस फरिसियर र ग्रेजिलिया मेल्सियर सहभागी छन्।

    फ्रान्सेली सांसदहरुले प्रधानमन्त्री देउवासँगै राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्नी सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। 

    नेपालको निजी क्षेत्र र थिंक ट्यांकसंग पनि फ्रान्सेली सांसदले अन्तर्क्रिया गर्ने भएका छन्। 

    प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - १२:११:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको