Logo

मंगलवार, श्रावण १२ गते २०८३

काठमाडौं उपत्यकामा एकैसाथ सञ्चालनमा आयो नबिल बैंकको ४ नयाँ शाखा

काठमाडौं उपत्यकामा एकैसाथ सञ्चालनमा आयो नबिल बैंकको ४ नयाँ शाखा

जोईन खबर

२९, फाल्गुण २०७८
  • 676
    SHARES
  • काठमाडौं उपत्यकामा एकैसाथ सञ्चालनमा आयो नबिल बैंकको ४ नयाँ शाखा

    नबिल बैंकले काठमाडौं उपत्यकामा ४ वटा नयाँ शाखाको एकैसाथ उद्घाटन गरेको छ । 

    images

    आइतवार जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखा सञ्चालनमा आएको छ ।  

    नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रुपमा जरंखु शाखा, बैंक सञ्चालक मलय मुखर्जी र काठमाडौं महानगरपालिका–१० शंखमूलका कार्यवाहक वडाध्यक्ष रोहिनी श्रेष्ठले शंखमूल शाखा, बैंक सञ्चालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले ठैब शाखा तथा बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गोंगबु जालपा शाखाको उद्घाटन गरे । 

    उद्घाटन कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु, बैंकका वरिष्ठ पदाधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकैसाथ चार नयाँ शाखा उद्घाटन गरिएको हो । 

    विगत ३७ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरूलाई पूर्ण रुपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गरिरहेको बैंकको दाबी छ । 

    ‘मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ती देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ । 

    नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४१ पुगेको छ । बैंकले १८७ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दैै आइरहेको छ । 

    ‘देशकै अग्रणी तथा आम लगानीकर्तालाई उच्च प्रतिफल दिन सफल बैंक नबिलले उत्पादनमूलक क्षेत्र तथा युवालाई प्राथमिकतामा राखेर बैकिङ सेवा प्रदान गर्नुका साथै पर्यावरण र मानव समाजलाई सहयोग पुग्ने क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । 

    प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - १२:५७:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको