Logo

शनिवार, भाद्र २७ गते २०८३

देशभर थपिए ६५ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या शून्य

देशभर थपिए ६५ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या शून्य

जोईन खबर

२९, फाल्गुण २०७८
  • 718
    SHARES
  • देशभर थपिए ६५ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या शून्य

    देशभर थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता मिश्राका अनुसार आइतबार थप ६५ जनामा संक्रमण पुष्टि भएको हो। 

    ७ हजार ९४७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

    ६ हजार ३०६ जनाको पिसिआर र १ हजार ६४१ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको मिश्राले बताइन्। 

    योसँगै देशभर ४ हजार ९१७ जना सक्रिय संक्रमित छन्।

    आइतबार १९२ जना संक्रमित निको समेत भएका छन्। 

    योसँगै पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।

    प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - १६:५५:२९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको