Logo

मंगलवार, श्रावण १२ गते २०८३

जेठ १२ गते रिलिज हुने फिल्मको ट्रेलर सार्वजनिक

जेठ १२ गते रिलिज हुने फिल्मको ट्रेलर सार्वजनिक

जोईन खबर

२०, बैशाख २०८०
  • 715
    SHARES
  • जेठ १२ गते रिलिज हुने फिल्मको ट्रेलर सार्वजनिक

    २० बैशाख काठमाडौ। जेठ १२ गते रिलिज हुने फिल्म ‘हुक्का: एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक भएको छ । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ ।सार्वजनिक ट्रेलरमा फिल्मका प्रमुख कलाकार प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङलगायतका कलाकारलाई स्थान दिइएको छ । ट्रेलरमा कलाकार प्रकाशको हुक्का प्रेम देखाइएको छ । 

    images

    प्रमिलाका दाजुसँग प्रमिलाको अंशका विषयमा भएको झगडा साथै श्रीमानले शंका गरेर घर भित्र छिर्न नदिएर श्रीमतीलाई लिन खोजिएको अग्नि परीक्षा लगाएतका दृश्यले पनि फिल्मले पारिवारिक विषयलाई उठान गरेको प्रष्ट बुझ्न सकिन्छ ।

    श्याम लामाको श्रृंगार, भीम श्रेष्ठको भेषभुषा, शेरमान जिसी र सुदन थापाको निर्माण नियन्त्रण, गोरे याङ्देनको सहायक छायांकन, भुपेन्द्र ढकालको कला, मिडिया पोर्टको पब्लिसिटी मेनेजमेन्ट, भुपेन्द्र ढकाल, सागर गोदार क्षेत्री र सुयोग आत्रेयको सहायक निर्देशन, भगवान पौडेल (मिठो कम्पन)को मुख्य सहायक निर्देशन, सन्जीव शाहको पाश्र्व ध्वनि, उत्तम न्यौपाने (CAS)को ध्वनी मिश्रण छ ।रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशिला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् ।

    प्रकाशित मिति :बैशाख २०, २०८० बुधवार - १२:२४:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको