Logo

मंगलवार, श्रावण १२ गते २०८३

बलेफी हाईड्रोपावरले चैत १६ गतेदेखि आईपीओ निष्कासन गर्दै, कति कित्ता आउँदैछ बिक्रीमा ?

बलेफी हाईड्रोपावरले चैत १६ गतेदेखि आईपीओ निष्कासन गर्दै, कति कित्ता आउँदैछ बिक्रीमा ?

जोईन खबर

८, चैत्र २०७८
  • 712
    SHARES
  • बलेफी हाईड्रोपावरले चैत १६ गतेदेखि आईपीओ निष्कासन गर्दै, कति कित्ता आउँदैछ बिक्रीमा ?

    काठमाडौं, बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले चैत १६ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

    images

    कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

    निष्कासन बन्द छिटोमा चैत १६ गते हुनेछ भने ढिलोमा चैत ३० गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो शेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछ।

    कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    प्रकाशित मिति :चैत्र ८, २०७८ मंगलवार - ११:३३:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको