Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु

जोईन खबर

२८, कार्तिक २०८२
  • 466
    SHARES
  • नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु

    २८ कार्तिक काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवाद मिलाउन कार्यसम्पादन समिति बोलाइएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एक महिनादेखि जारी केन्द्रीय कार्यसमिति बैठक रोकेर कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।

    images

    आज दिउँसो १ बजे पार्टी ललितपुरको धोविधाटमा कार्यसम्पादन समिति बैठक रहेको जानकारी आएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले रातोपाटीलाई जानकारी दिइन् । बैठकको एजेण्डा महाधिवेशनका सन्दर्भमा रहेको विवाद समाधानका उपाय खोज्ने रहेको पनि उनले बताइन् ।

    पार्टीको १५ औँ महाधिवेशन कहिले गर्ने भन्ने टुङ्ग्याउन गत असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक जारी छ । केन्द्रीय समितिको कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए ।

    प्रकाशित मिति :कार्तिक २८, २०८२ शुक्रवार - ११:५८:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको